आ. व. ०८२/०८३ को लागि प्रस्तावित नियमित कार्यक्रमहरु
१. वृक्षारोपण र संरक्षण
-
सामुदायिक वन क्षेत्रका खाली ठाउँमा विरुवा र जडीबुटी रोपण
-
रोपिएका विरुवाहरूको गोडमेल र संरक्षण कार्य निरन्तर सञ्चालन
२. वन संरक्षण र गस्ती
-
उपभोक्ताहरूको सक्रियता बढाउँदै दैनिक वन गस्ती व्यवस्थित तरिकाले सञ्चालन
-
उपभोक्तालाई पनि गस्ती कार्यमा सहभागी गराउने
३. नर्सरी र सुरक्षा कार्यक्रम
-
नर्सरी रोपण क्षेत्रको विकास
-
अग्नि नियन्त्रण, काठ चोरी र तस्करी, वन्यजन्तु चोरी/शिकारी नियन्त्रण
-
सहयोग गर्ने उपभोक्ताहरूलाई सम्मान र पुरस्कार प्रदान
४. फायरलाइन निर्माण र मर्मत
-
नयाँ फायरलाइन निर्माण र पूर्वका निर्माण सफा तथा मर्मत कार्यमा तिब्रता
५. सचेतनामूलक कार्यक्रम
-
वन प्राविधिक र दक्ष व्यक्तिको सहयोगमा जैविक विविधता र जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम निरन्तरता
६. आयमूलक कार्यक्रम र वित्तीय साक्षरता
-
गरिब र विपन्न वर्गका उपभोक्तालाई लक्षित
-
बाख्रा पालन, बंगुर पालन जस्ता प्रत्यक्ष लाभ हुने कार्यक्रम
-
जीवनस्तर सुधारमा सहयोग
७. अवलोकन भ्रमण
-
उपभोक्तालाई अन्य उत्कृष्ट सामुदायिक वनको अवलोकन भ्रमण गराई ज्ञान, सिप र चेतनाको विकास
८. सञ्चालक र कर्मचारी अध्ययन भ्रमण
-
उत्कृष्ट अभ्यास गर्ने अन्य वन समूहको अवलोकन भ्रमण
९. शैक्षिक सहायता
-
गरिब/अति विपन्न वर्गका छोराछोरीलाई छात्रवृत्ति, ट्युसन, कापी, कलम, न्यानो कपडा, ड्रेस आदि उपलब्ध गराउने
-
पठनपाठनमा रुचि बढाउने
१०. एकद्वार प्रणाली
-
गरिब/विपन्न वर्गको न्यूनिकरणका लागि उपभोक्ता क्षेत्रका वार्डहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन
११. बालउद्यान व्यवस्थापन
-
चुनपोले पाखामा वातावरणमैत्री बालउद्यान थप व्यवस्थित बनाउने
१२. महिला सशक्तिकरण र आयमूलक कार्यक्रम
-
महिला लक्षित उद्यम विकास, आयआर्जन, वित्तीय साक्षरता, बीमा, धारा निर्माण जस्ता कार्यक्रम
१३. दाहा संस्कार सहयोग
-
जाडो याममा कार्यक्षेत्रका चोकहरूमा निःशुल्क दाउरा उपलब्ध गराउने कार्य निरन्तरता