आर्थिक वर्ष ०८२/०८३ का प्रस्तावित विशेष कार्यक्रमहरू

१. वातावरणमैत्री बाल उद्यानमा मनोरञ्जनात्मक खेल सामग्री थप निर्माण र व्यवस्था।
२. जंगली जनावरको संरक्षण र व्यवस्थापन
३. चिसोपानीको धारलाई पूर्ण रूपमा व्यवस्थित गर्ने।
४. तात्रिवास देखि होमनाथ स्मृति पार्कसम्मको बाटो कालो पत्रे बनाउन स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य।
५. खाली जमिनमा जडीबुटी रोपण निरन्तरता।
६. बालउद्यान क्षेत्रमा वनदेवी मन्दिर निर्माण।
७. खेर गइरहेका पात–पत्रिङ्गर संकलन गरी जैविक मल उत्पादनको लागि उपभोक्ता समिति गठन र विपन्न समूहको सहभागिता।
८. रुखमाथि आकर्षक आधुनिक काठेघर निर्माण।
९. सञ्चालक र कर्मचारीका लागि अन्य उत्कृष्ट वन समूहको अवलोकन/अध्ययन भ्रमण
१०. बालउद्यान क्षेत्रको भूगर्भ परीक्षण
११. वातावरणमैत्री बालउद्यानमा पार्क मञ्च निर्माण
१२. सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी वन विकास साझेदारी कार्यक्रम
१३. भू-क्षय नियन्त्रणका लागि आवश्यक स्थानमा मेश जाली निर्माण।
१४. सामुदायिक वनको सिमा क्षेत्रमा अग्नि रेखा निर्माण, छिमेकी वनसँग साझेदारी।
१५. कार्यक्षेत्रभित्रका उपभोक्ताको स्तरीकरण गर्दै अति विपन्न ५० घर परिवारको स्वास्थ्य बीमा
१६. अति विपन्न परिवारका लागि २ नयाँ घर निर्माण र मर्मत, साथै शुद्ध पिउने पानी धारा जडानमा आर्थिक सहयोग।
१७. वडा कार्यालय/संघ संस्थासँग समन्वय गरी वातावरणमैत्री कार्यक्रम सञ्चालन।
१८. अति विपन्न सुत्केरी भेटघाट र नवजात शिशु पोषण कार्यक्रम
१९. जयश्री खोला र बालउद्यानको नजिक खानेपानी ताल निर्माण, स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य।
२०. कालिगण्डकी करिडोरबाट मौलाकालिका मन्दिर जाने संगममा वन हेरालु मचान निर्माण।
२१. सिमसार तथा सुख्खा ठाउँमा पोखरी निर्माण, सरकारी निकायसँग सहकार्य।
२२. कृषक समूहलाई कृषि उत्पादनको लागि आर्थिक सहयोग
२३. जयश्री सिंचाई कुलोको मर्मत र सम्भारका लागि आर्थिक सहयोग।

Scroll to Top