जयश्री सामुदायिक वनमा स्वागत छ
दिगो वन संरक्षण, हरियाली प्रवर्द्धन र समुदायको समृद्ध भविष्यका लागि हाम्रो सामूहिक प्रयास।
थप जानकारी
हाम्रो बारेमा
वर्तमान कार्यसमिति
जयश्री सामुदायिक वन, गैंडाकोट नगरपालिका, नारायण नदीको किनारमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण वन क्षेत्र हो। यस सामुदायिक वनको स्थापना २०५२ सालमा स्थानीय बुद्धिजीवी र समाजसेवीहरुको पहलमा भएको थियो, र तबदेखि वन संरक्षण, वृक्षारोपण, वन्यजन्तु संरक्षण तथा वातावरणीय सुधारका विविध कार्यक्रम सञ्चालन हुँदै आएको छ।हाम्रो वन क्षेत्र ५२० हेक्टर क्षेत्रफल ओगटेको छ र यहाँ बाघ, भालु, मृग, खरायो, बाँदर लगायतका वन्यजन्तु, साथै विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन्। हाल २,८८६ जना उपभोक्ता सदस्यहरू यस वनसँग आबद्ध छन्।जयश्री सामुदायिक वन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पुरस्कृत भइसकेको छ र दिगो वन व्यवस्थापनका लागि निरन्तर काम गर्दैछ।
अध्यक्ष को मन्तव्य

“हरियो वन नेपालको धन” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै स्थापना भएको यस जयश्री सामुदायिक वन उपभोक्ता समूहले उजाड र विनाश भएको क्षेत्रलाई हराभरा वनमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उपभोक्ताहरूको सक्रिय सहभागिताले वन संरक्षणसँगै मठमन्दिर, सिँचाइ कुलो, खानेपानी, गरिबी न्यूनीकरण, दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण, पार्क निर्माण, बालबालिकाका लागि खेल सामग्री, शौचालय तथा शुद्ध पिउने पानी व्यवस्थापनजस्ता सामाजिक विकासका कार्यहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

डिभिजन वन कार्यालयबाट स्वीकृत कार्ययोजना तथा दिगो वन व्यवस्थापनसम्बन्धी नीति, ऐन र निर्देशिकालाई आत्मसात गर्दै समूहले उपभोक्ताको हितमा आयआर्जन तथा गरिबी न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस क्रममा समूहले राष्ट्रिय तथा जिल्ला स्तरमा विभिन्न पुरस्कार प्राप्त गर्न सफल भएको छ, जसले हाम्रो प्रयासलाई थप ऊर्जा प्रदान गरेको छ।

आज विश्वव्यापी रूपमा देखापरेको जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न हराभरा जंगल नै मुख्य आधार हो। त्यसैले वन संरक्षण, आगलागी नियन्त्रण तथा चोरी निकासी रोकथाममा सम्पूर्ण उपभोक्ताहरूको सक्रिय सहभागिता आवश्यक छ। समूहको दीर्घकालीन हितका कार्यक्रम र योजनामा यहाँहरूको अमूल्य सुझाव तथा सल्लाहको अपेक्षा गर्दछु।

धन्यवाद।
जय हरियाली, जय सामुदायिक वन।

अध्यक्ष : श्री भिम बहादुर कुमाल
हालसालैका गतिविधिहरु
सम्पर्क
सम्पर्कमा रहनुहोस्
ठेगाना

गैंडाकोट नगरपालिका वडा नं ४,
नवलपरासी (पुर्व), गण्डकी, नेपाल

ईमेल

samudayikbanjayashree@gmail.com

फोन नं

९८५५०५०७०१, ०७८-५०१८०१

Scroll to Top