हार्दिक शुभकामना ! नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली तथा छठ पर्व – २०८३ को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, शुभेच्छुक तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यी पर्वहरूले आपसी सद्भाव, भाईचारा, एकता, प्रेम र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौँ । अध्यक्ष: भिम वहादुर कुमाल एवम जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट ४, ५ र १, ३, ८ नवलपुर

वृक्षारोपण कार्यक्रम सम्पन्न

गैंडाकोट — श्री जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोटको आयोजनामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

वन संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा उपभोक्ता सदस्यहरू, जनप्रतिनिधि, विद्यार्थी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा साल, सिसौ, कपुर, अमला लगायतका विभिन्न जातका विरुवा रोपण गरिएको समूहले जनाएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न वृक्षारोपण प्रभावकारी उपाय भएको उल्लेख गर्दै प्रत्येक वर्ष नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

समूहले वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने लक्ष्यसहित वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Scroll to Top