हार्दिक शुभकामना ! नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली तथा छठ पर्व – २०८३ को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, शुभेच्छुक तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यी पर्वहरूले आपसी सद्भाव, भाईचारा, एकता, प्रेम र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौँ । अध्यक्ष: भिम वहादुर कुमाल एवम जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट ४, ५ र १, ३, ८ नवलपुर

जयश्री सामुदायिक वनमा डढेलो नियन्त्रण सचेतना तथा डेमो कार्यक्रम सम्पन्न

जयश्री सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा वन क्षेत्रमा बढ्दो डढेलोको जोखिम, यसको असर तथा नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

साथै, सहभागीहरूलाई व्यवहारिक रूपमा अग्नि नियन्त्रण गर्ने तरिका सिकाउन विशेष डेमो (प्रदर्शन) समेत देखाइएको थियो। उक्त डेमोमार्फत आगलागी नियन्त्रणका उपकरणहरूको प्रयोग, सुरक्षित दूरी कायम गर्ने विधि तथा समन्वयात्मक रूपमा आगो नियन्त्रण गर्ने उपायहरूबारे प्रत्यक्ष अभ्यास गराइएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष श्री भिमबहादुर कुमाल ज्यूको अध्यक्षता साथै डिभिजन वन कार्यालयका प्रमुख श्री सन्तोष मिश्र ज्यूको विशिष्ट आतिथ्यता साथै संस्थाका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष ज्यूहरु, वर्तमान कार्यसमिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारीहरु, कर्मचारीहरु लगायत स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस किसिमका कार्यक्रमले वन संरक्षणमा समुदायको भूमिका अझ सुदृढ हुने विश्वास लिइएको छ।

वन जोगाऔं, वातावरण बचाऔं!

डढेलोबाट सचेत रहौं, सुरक्षित बनौं!

Scroll to Top