वन विकास तथा व्यवस्थापन
जयश्री सामुदायिक वनले निम्न कार्यहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ:
वृक्षारोपण, झाडी सफाई, गोडमेल जस्ता वन व्यवस्थापनका कार्यहरू कार्यसमिति र वन हेरालुको निरीक्षणमा प्रति वर्ष उपभोक्ता परिचालन गरी समूहको कोषबाट खर्च गरिन्छ।
प्राविधिक सहयोग जिल्ला वन कार्यालय मातहतका कार्यालयबाट प्राप्त भइरहेको छ।
सामाजिक कार्यक्रम र दाहा संस्कारका लागि उपभोक्ता सदस्यलाई निःशुल्क दाउरा उपलब्ध गराइन्छ। विपन्न परिवारका लागि पनि माग भएमा निःशुल्क सेवा प्रदान गरिन्छ।
वर्षेनी डढेलो नियन्त्रणका लागि अग्नि रेखा निर्माण र सरसफाई गरिन्छ।
रात्री गस्ती र सुरक्षा निकायसँग समन्वय गरेर वन पैदावार चोरी–निकासी नियन्त्रण गरिन्छ। चोरी–निकासीको सूचना दिने व्यक्ति वा संस्थालाई पुरस्कारको व्यवस्था छ।
सामुदायिक वन विकास कार्यक्रम अन्तर्गत वन हेरालु र समितिद्वारा पालैपालो गस्ती सञ्चालन हुन्छ।
जडीबुटी, डालेघाँस, बास रोपण कार्य निरन्तर जारी छ।
गर्मीको मौसममा १० जना अग्नी नियन्त्रक/वन सुरक्षा कर्मचारी चैत्र, वैशाख र जेष्ठ महिनामा तीन महिनाका लागि नियुक्त गरी आगलागि नियन्त्रण गरिन्छ।
सामुदायिक तथा सामाजिक विकास
सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत कार्ययोजनाले निम्न सामुदायिक विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ:
जलासय र भू-क्षय नियन्त्रण
विद्यालय पुस्तकालय, मठ–मन्दिर, खेलकुद, वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
बाल उद्यान निर्माण, खेल सामग्री, शुद्ध खानेपानी, पक्की शौचालय, सेल्फी जोन, अजिङ्गर खोर निर्माण
वन पैदावार र प्रदेश सरकारबाट प्राप्त आम्दानीको बजेट भित्र कार्यक्रम सम्पन्न
गरिबी न्यूनिकरण
समूहको कार्ययोजनाले गरिबी न्यूनिकरणका लागि निम्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ:
आयमूलक कार्यक्रम: बाख्रा पालन, सिप विकास तालिम, महिला सशक्तिकरण (सिलाई–कटाई, वित्तीय साक्षरता)
शिक्षा सहयोग: गरिब र जेहेन्दार छात्रछात्रावृत्ति, अक्षय कोष स्थापना, स्थानीय शिक्षक तलब/भत्ता, अवलोकन भ्रमण
स्वास्थ्य सहयोग: औषधी उपचार, दीर्घकालिन रोग सहयोग, स्वास्थ्य बीमा
सामाजिक संरचना: झाडी सफाई, धारा जडान, अति विपन्न घर निर्माण, सरसफाई र ट्वाईलेट निर्माण
यसरी, जयश्री सामुदायिक वनले वन संरक्षण, सामाजिक विकास र गरिबी न्यूनिकरणमा सतत् योगदान गर्दै गैंडाकोटको प्राकृतिक र सामाजिक धरोहरको संरक्षणमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ।
पर्यापर्यटन
होमनाथ घिमिरे स्मृति वातावरण मैत्री बाल उद्यान
जयश्री सामुदायिक वनको पर्यापर्यटन कार्यक्रम अन्तर्गत निर्माण गरिएको “होमनाथ घिमिरे स्मृति वातावरण मैत्री बाल उद्यान” गैंडाकोट–३ मा अवस्थित एक रमणीय तथा आकर्षक स्थल हो। यहाँ बालबालिकाका लागि सुरक्षित खेल सामग्रीसहितको बाल उद्यान, फराकिलो पिकनिक स्थल, विश्रामका लागि छायाँयुक्त संरचना तथा हरियाली वातावरणको व्यवस्था गरिएको छ।
उद्यानभित्र स्वर्गीय होमनाथ घिमिरेको शालिक स्थापना गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने अजिङ्गरलाई खोरमा सुरक्षित राखी संरक्षण तथा जनचेतना प्रवर्द्धनको कार्य पनि गरिएको छ। शान्त, स्वच्छ र प्राकृतिक परिवेशका कारण यो स्थान परिवार, विद्यालय, आमा समूह तथा विभिन्न संघसंस्थाका लागि घुमफिर र वनभोज गर्न गैंडाकोट क्षेत्रकै प्रसिद्ध पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्दै गएको छ।