हार्दिक शुभकामना ! नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली तथा छठ पर्व – २०८३ को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, शुभेच्छुक तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यी पर्वहरूले आपसी सद्भाव, भाईचारा, एकता, प्रेम र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौँ । अध्यक्ष: भिम वहादुर कुमाल एवम जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट ४, ५ र १, ३, ८ नवलपुर

जयश्री सामुदायिक वन उपभोक्ता समूह तृतीय

गैंडाकोट — नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को पावन अवसरमा सहमति संस्था गैडाकोटद्वारा आयोजित तीजगीत प्रतियोगितामा श्री जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोटले तृतीय स्थान हासिल गर्न सफल भएको छ।

प्रतियोगितामा समूहले उत्कृष्ट तीजगीत तथा आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भएको थियो। सांस्कृतिक कार्यक्रममार्फत महिलाहरूको प्रतिभा प्रस्फुटन गराउँदै सामुदायिक एकता र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

संस्थाका प्रतिनिधिहरूले यस उपलब्धिले आगामी दिनमा थप सक्रिय र सिर्जनशील कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको बताएका छन्। प्रतियोगितामा सहभागी सम्पूर्ण सदस्यहरूलाई बधाई ज्ञापन गर्दै संस्थाले आगामी दिनमा यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Scroll to Top