हार्दिक शुभकामना ! नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली तथा छठ पर्व – २०८३ को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, शुभेच्छुक तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यी पर्वहरूले आपसी सद्भाव, भाईचारा, एकता, प्रेम र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौँ । अध्यक्ष: भिम वहादुर कुमाल एवम जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट ४, ५ र १, ३, ८ नवलपुर

भीम बहादुर कुमालको नेतृत्वमा नयाँ समिति गठन

गैंडाकोट — जयश्री सामुदायिक वन उपभोक्ता समूहको ७औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा भीम बहादुर कुमालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ।

अधिवेशनमा उपस्थित उपभोक्ता सदस्यहरूले वन संरक्षण, दिगो व्यवस्थापन तथा सामुदायिक विकासका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नव–निर्वाचित अध्यक्ष कुमालले वन क्षेत्रको संरक्षण, जैविक विविधताको प्रवर्द्धन, गरिबी न्यूनीकरण तथा आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा बोल्ने वक्ताहरूले “हरियो वन नेपालको धन” भन्ने नारालाई आत्मसात गर्दै सामुदायिक वनलाई स्थानीय समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

नयाँ कार्यसमितिले आगामी कार्यकालमा पारदर्शिता, सहभागिता र दिगोपनलाई मुख्य आधार बनाएर अघि बढ्ने जनाएको छ।

Scroll to Top