जयश्री सामुदायिक वनको ऐतिहासिक पृष्ठभूमि

नेपालको मध्यभागमा अवस्थित गैंडाकोट नगरपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। यस नगरमा परासर ऋषिको तपोभूमि, धार्मिक तिर्थस्थल देवघाट, मौलाकालिका मन्दिर, राधाकृष्ण नरसिंह मन्दिर जस्ता धार्मिक आस्थाका धरोहरहरू पर्दछन्। मौलाकालिका मन्दिर नारायणी नदीको काखमा अवस्थित छ भने यो स्थान पूर्व–पश्चिम राजमार्गको शिलान्यास स्थलको रुपमा समेत प्रसिद्ध छ।

साविक नवलपरासी जिल्लाको पूर्वी भागमा पर्ने गैंडाकोट नगरपालिका हाल नवलपुर जिल्लाको कान्छो जिल्लागण्डकी प्रदेशमा पर्दछ। यस क्षेत्रमा विभिन्न जातजाति र धर्म संस्कृति मान्ने समुदायहरूको बसोबास रहेको छ, जसमा ब्राम्हण, क्षेत्री, गुरुङ्ग, मगर, नेवार, कामी, सार्कि, परियार, कुमाल, बोटे, थारु, प्रजा, तामाङ्ग, राई, मुसलमान आदि छन्।

नेपालमा भएका ऐतिहासिक परिवर्तनहरू, जस्तै २०३६, २०४६ र २०६२/०६३ सालको जनआन्दोलनमा गैंडाकोटका सबै जातजातिका मानिसहरू सक्रिय सहभागी रहनुभएको थियो। त्यसैक्रममा, जंगल तस्करी र फडानीका कारण हाम्रा हराभरा जंगलहरू उजाड हुँदै गएको अवस्थामा सामुदायिक वन अवधारणा नेपालमा लागू भयो।

सामुदायिक वनको स्थापना

२०५२ साल फाल्गुण २६ गते, गैंडाकोट-५ का श्री केशवप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित भेलामा जंगल संरक्षण उद्देश्यले सामुदायिक वनको नामाकरण, सीमा निर्धारण र उपभोक्ता समिति गठन गर्ने निर्णय भयो। त्यसपछि श्री टोलनाथ घिमिरेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भई वन संरक्षण, वृक्षारोपण, जंगल गस्ती, चोरी तथा निकासी न्यूनिकरण, वन अधिक्रमण हटाउने काम सुरु भयो।

यस समुदायले विभिन्न आरोह-अवरोहको बाबजुत आज जंगललाई हराभरा बनाउने सफल प्रयास गरेको छ।

पुरस्कार र सम्मान

जयश्री सामुदायिक वनले वातावरण संरक्षणमा देखाएको योगदानको लागि २०६२ सालमा जनसंख्या तथा वातावरण मन्त्रालयद्वारा विरेन्द्र अन्तराष्ट्रिय सभागृहमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा विश्व वातावरण दिवसको अवसरमा सान्त्वना पुरस्कारबाट सम्मानित भएको थियो। त्यस्तै, नवलपरासी जिल्ला वन कार्यालयबाट उत्कृष्ट सामुदायिक वन पुरस्कार पनि प्राप्त गरेको छ।

 

संक्षिप्त परिचय

१. संरक्षण प्रारम्भः २०५२ साल
२. प्रथम भेलाबाट समिति चयन मितिः वि.स. २०५२ फाल्गुण २६ गते 
३. वन व्यवस्थापन कार्ययोजना हस्तान्तरण : वि.स. २०६३ माघ १९
४. सामुदायिक बन हस्तान्तरण मितिः वि.स. २०६४ जेठ १८ गते
५. सामुदायिक वनको क्षेत्रफलः ५२०.७० हेक्टर
६. घरधुरी सङ्ख्या : २,८५९  (घरधुरी सर्वेक्षण तथ्यांक २०८२)
७. जनसंख्या : १४,२२४ जना (महिलाः ७२०२ र पुरुष : ७०२२)
८. उपभोक्ता सदस्य संख्या: २८८६ जना
९. चार किल्ला सिमाना:
   पूर्व- सानोधारा, गैंडाकोट १ हुदै मौलाकालिका सा.व. को सिमाना 
   पश्चिम – पांग्रे खोला, रातो माटो डाँडा हुदै, सानो छथुम पानीढल र नन्दन सा.व.उ.स. को सिमाना
   उत्तर – सानो छथुम, पानीढाले क्षेत्र, मुलडाँडा हुँदै जुक्तिखोला देउराली सा.व.को सिमाना र
   दक्षिण – वार्ड नं. १, ३ र ४ को आवादी जग्गा 
१०. वनको किसिम : प्राकृतिक
११. जग्गाको स्वामित्व : नेपाल सरकार

वन क्षेत्र र जैविक विविधता

  • उचाई: समुद्र सतहदेखि २००–५०० मिटर

  • क्षेत्रको भूगोल: ३०% उत्तर, २०% पूर्व, ५०% दक्षिण; ८०% भिरालो

  • वन संरचना: ७०% साल जातको रुख, बाँकी विविध जातका विरुवा

  • जनावर: बाघ, भालु, बाँदर, मयूर, बनेल, मृग, खरायो, जरायो, दुम्सी

  • अन्य: विभिन्न प्रजातिका चराचुरुङ्गी

कार्ययोजना

  • आ.व. २०६२/०६३–२०६९/०७०: ८ वर्षे कार्ययोजना

  • आ.व. २०७०/०७१–२०७७/०७८: ८ वर्षे कार्ययोजना

  • आ.व. २०७८/०७९–०८२/०८३: ५ वर्षे वन व्यवस्थापन कार्ययोजना

  • आ.व. २०८२/०८३–२०९२/०९३: चौथो १० वर्षे नविकरण

जयश्री सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण, संवर्द्धन र दिगो वन व्यवस्थापन कार्यमा निरन्तर सक्रियता देखाउँदै गैंडाकोटको प्राकृतिक धरोहर सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

क्र.स.वनको वर्गीकरणक्षेत्रफल (हे.)कैफियत
उत्पादनमुलक वन४६७.४८कम्पार्टमेन्ट १
2संरक्षणमुलक वन३८.६२कम्पार्टमेन्ट 2
3अन्य वन१४.६० 
 क)     हाई-टेन्सन5.2 
 ख)     पर्यापर्यटन (बाल उद्यान)4.89 
 ग)      घाटगद्धी क्षेत्र0.19 
 घ)      खोलानाला र बाटो1.92+2.4 
 उत्पादनशिल क्षेत्रफल४४९.५९(अन्य वन, कम्पार्टमेन्ट 2 र कम्पार्टमेन्ट 1 को ३१ डिग्री भन्दा बढी १७.८९ हे. क्षेत्रफल घटाएर कायम गरिएको)
 जम्मा क्षेत्रफल520.70 

संगठनात्मक ढाँचा

  • उपभोक्ता सदस्य संख्या: २,८८६ जना

  • कार्यसमिति: १५ जना सदस्य, जसमा ५१% महिला सदस्य

  • लेखा समिति: ३ जना

  • सल्लाहकार: ७ जना

कर्मचारी विवरण

  • कार्यलय सचिव:

  • कार्यालय सहायक:

  • वन हेरालु:

  • सवारी चालक:

  • माली:

  • कार्यालय सहयोगी:

कुल कर्मचारी: ७ जना (सम्पूर्ण पदपूर्ति गरिएको)

चुनौती र अवसरहरू

चुनौतीहरू

जयश्री सामुदायिक वनले निम्न चुनौतीहरूको सामना गरिरहेको छ:

  • बढ्दो जनसंख्या, औद्योगिकीकरण र शहरीकरण

  • वन चोरी, तस्करी, भू-क्षय र आगलागि

  • महाभारत श्रृंखलाका समुन्द्री सतहदेखि २००–५०० मिटर उचाईमा रहेका जंगललाई राष्ट्रपति चुरे संरक्षण क्षेत्र घोषणा गर्दा थप कानुनी तथा व्यवस्थापकीय चुनौती

  • हेटौंडा–बर्दघाट २२० के.भी. विद्युत प्रसारण लाइनकालिगण्डकी करिडोर वन कार्य क्षेत्रभित्र पर्नु

  • विश्वव्यापी जलवायु परिवर्तनको प्रतिकूल प्रभाव

अवसरहरू

यस वनको संरक्षण र दिगो व्यवस्थापनका लागि निम्न अवसरहरू रहेका छन्:

  • दीर्घकालीन गुरु योजनाको अवधारणा बनाई प्राकृतिक बनोट र सौन्दर्य जोगाउनु

  • आन्तरिक पर्यटकीय विकास र वन सम्पदाको संरक्षण

  • जल सम्पदा, ढुंगा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको उचित व्यवस्थापन

  • रानीताल क्षेत्रमा वनभोज स्थल निर्माण

  • खोलामा बाँध निर्माण गरी तालको व्यवस्थापन

  • सडे–गलेका पातपत्रबाट कम्पोष्ट मल उत्पादन

  • विभिन्न जडिबुटीका विरुवा रोपेर विक्री वितरण

यी चुनौती र अवसरहरूलाई ध्यानमा राख्दै, जयश्री सामुदायिक वनले दिगो वन संरक्षण र वातावरणीय व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याउन सक्छ।

श्री भिम बहादुर कुमाल
अध्यक्ष को मन्तव्य

“हरियो वन नेपालको धन” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै स्थापना भएको यस जयश्री सामुदायिक वन उपभोक्ता समूहले उजाड र विनाश भएको क्षेत्रलाई हराभरा वनमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उपभोक्ताहरूको सक्रिय सहभागिताले वन संरक्षणसँगै मठमन्दिर, सिँचाइ कुलो, खानेपानी, गरिबी न्यूनीकरण, दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण, पार्क निर्माण, बालबालिकाका लागि खेल सामग्री, शौचालय तथा शुद्ध पिउने पानी व्यवस्थापनजस्ता सामाजिक विकासका कार्यहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

डिभिजन वन कार्यालयबाट स्वीकृत कार्ययोजना तथा दिगो वन व्यवस्थापनसम्बन्धी नीति, ऐन र निर्देशिकालाई आत्मसात गर्दै समूहले उपभोक्ताको हितमा आयआर्जन तथा गरिबी न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस क्रममा समूहले राष्ट्रिय तथा जिल्ला स्तरमा विभिन्न पुरस्कार प्राप्त गर्न सफल भएको छ, जसले हाम्रो प्रयासलाई थप ऊर्जा प्रदान गरेको छ।

आज विश्वव्यापी रूपमा देखापरेको जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न हराभरा जंगल नै मुख्य आधार हो। त्यसैले वन संरक्षण, आगलागी नियन्त्रण तथा चोरी निकासी रोकथाममा सम्पूर्ण उपभोक्ताहरूको सक्रिय सहभागिता आवश्यक छ। समूहको दीर्घकालीन हितका कार्यक्रम र योजनामा यहाँहरूको अमूल्य सुझाव तथा सल्लाहको अपेक्षा गर्दछु।

धन्यवाद।
जय हरियाली, जय सामुदायिक वन।

वर्तमान कार्यसमिति
निर्वाचित कार्यसमितिका पदाधिकारीहरूको नामावली (२०८० मंसिर १६ गते)
क्र. सं. पद नाम,थर
अध्यक्ष श्री भिम बहादुर कुमाल
उपाध्यक्ष श्री ढाका सुवेदी
सचिव श्री टेक बहादुर आले
कोषाध्यक्ष श्री पार्वती ढकाल
सह-सचिव श्री अर्जुन पोखरेल
सदस्य श्री सरस्वती बगाले
सदस्य श्री निर्मलराज रिमाल
सदस्य श्री एकदेव घिमिरे
सदस्य श्री काशीराम गौतम
१० सदस्य श्री लक्ष्मी कमली
११ सदस्य श्री ईश्वरी खत्री
१२ सदस्य श्री राधीका कार्की
१३ सदस्य श्री कुल प्रसाद आचार्य
१४ सदस्य श्री सकुन्तला दवाडी
१५ सदस्य श्री सुनिता दर्जी
लेखा तथा सुपरिवेक्षण समिति
क्र. सं. पद नाम,थर
संयोजक श्री राजेन्द्र राज घिमिरे
सदस्य श्री बासुदेव आचार्य
सदस्य श्री सुभाष चन्द्र आचार्य
सल्लाहकार समिति
क्र. सं. पद नाम,थर
सल्लाहकार श्री टोलनाथ घिमिरे
सल्लाहकार श्री तिलकप्रसाद पराजुली
सल्लाहकार श्री कमलप्रसाद पराजुली
सल्लाहकार श्री युवराज रिमाल
सल्लाहकार श्री विष्णुप्रसाद सापकोटा
सल्लाहकार श्री मिन बहादुर अधिकारी
सल्लाहकार श्री महेन्द्र कार्की
वातावरण उपसमिति
क्र. सं. पद नाम,थर
संयोजक श्री शंकर आचार्य
सदस्य श्री बुद्धिसागर अधिकारी
सदस्य श्री रुद्र प्रसाद पौडेल
सदस्य श्री विश्वनाथ घिमिरे
सदस्य श्री डिलादेवी चालिसे
सदस्य श्री सरस्वती अधिकारी
सदस्य श्री शारदा सापकोटा
कर्मचारीहरु
क्र. सं. नाम, थर पद/जिम्मेवारी
बालकृष्ण काप्री (कार्यालय सचिव)
कपिल घिमिरे (कार्यालय सहायक – चौथो तह)
कमला गिरि (कार्यालय सहायक – द्वित्तिय तह)
तिर्थराज पौडेल (वन हेरालु)
सुरज परियार (वन हेरालु + ड्राइभर)
धन‌प्रसाद न्यौपाने (वन हेरालु)
सुशीला अधिकारी (कार्यालय सह‌योगी)
फलबहादुर लोपा (माली)

निर्वाचित कार्यसमितिका पदाधिकारीहरूको नामावली (२०७७ फाल्गुन ०७ गते)

क्र. सं.पदनाम,थर
अध्यक्षश्री टोलनाथ घिमिरे
उपाध्यक्षश्री सूर्य प्रसाद पराजुली
सचिवश्री गिता कुमारी दाहाल
कोषाध्यक्षश्री मिन वहादुर अधिकारी
सह-सचिवश्री बुद्धिसागर अधिकारी
सह कोषाध्यक्षश्री पार्वती ढकाल
सदस्यश्री देवी प्रसाद न्यौपाने
सदस्यश्री निर्मलराज रिमाल
सदस्यश्री डिल्लीराज वनसन्यासी
१०सदस्यश्री भोजकुमारी पौडेल रिमाल
११सदस्यश्री काशीराम गौतम
१२सदस्यश्री सुवन प्रसाद ढकाल
१३सदस्यश्री लक्ष्मी कमली
१४सदस्यश्री श्रीकृष्ण रिमाल
१५सदस्यश्री एक देव घिमिरे
१६सदस्यश्री ईश्वरी खत्री
१७सदस्यश्री अर्जुन पोख्रेल
१८सदस्यश्री रेनु श्रेष्ठ
१९सदस्यश्री सम्झना गौतम
२०सदस्यश्री धनमायाँ परियार
२१सदस्यश्री भवानी शंकर सापकोटा

लेखा समिति

क्र. सं.पदनाम,थर
संयोजकश्री बिष्णुप्रसाद सापकोटा
सदस्यश्री ओमबहादुर पुन
सदस्यश्री प्रजन बहादुर गुरुङ्

सल्लाहकार सदस्यहरू

क्र. सं.नाम,थर
श्री ऋषिराम घिमिरे
श्री महेन्द्र भक्त अधिकारी
श्री तिलकप्रसाद पराजुली
श्री दान बहादुर क्षेत्री
श्री कमलप्रसाद पराजुली
श्री सुर्यमाया दर्लामी
श्री बलराम चालिसे
निर्वाचित कार्यसमितिका पदाधिकारीहरूको नामावली (२०७३ मंसिर १०)
क्र. सं. पद नाम,थर
अध्यक्ष श्री महेन्द्रभक्त अधिकारी
उपाध्यक्ष श्री दानबहादुर क्षेत्री
सचिव श्री सुर्यमाया दर्लामी
कोषाध्यक्ष श्री दिनेशराज न्यौपाने
सह-सचिव श्री बुद्धिसागर अधिकारी
सह कोषाध्यक्ष श्री भीमबहादुर कुमाल
सदस्य श्री रुद्रप्रसाद पौडेल
सदस्य श्री पार्वती ढकाल
सदस्य श्री केशवराज पौडेल
१० सदस्य श्री दिलमाया सिग्देल
११ सदस्य श्री रामबहादुर पुन
१२ सदस्य श्री ओमप्रसाद पराजुली
१३ सदस्य श्री कृष्णमान श्रेष्ठ
१४ सदस्य श्री देवीप्रसाद न्यौपाने
१५ सदस्य श्री विष्णु दवाडी
१६ सदस्य श्री ढाका सुवेदी
१७ सदस्य श्री शान्ता भुजेल
१८ सदस्य श्री निर्मलराज रिमाल
१९ सदस्य श्री डिल्लीराज वन
२० सदस्य श्री राधा पराजुली
२१ सदस्य श्री सरिता सुनार
लेखा समिति
क्र. सं. पद नाम,थर
संयोजक श्री रामचन्द्र घिमिरे
सदस्य श्री बिष्णुप्रसाद सापकोटा
सदस्य श्री ओमबहादुर पुन
सल्लाहकार सदस्यहरू
क्र. सं. नाम,थर
श्री टोलनाथ घिमिरे
श्री ऋषिराम घिमिरे
श्री तारापती खरेल
श्री तिलकप्रसाद पराजुली
श्री शंकर आचार्य
श्री कमलप्रसाद पराजुली
श्री दुर्गाप्रसाद पौडेल

निर्वाचित कार्य समितिका पदाधिकारीहरुको नामावली (२०७०/०१/२५)

क्र. सं.पदनाम,थर
अध्यक्षश्री टोलनाथ घिमिरे
उपाध्यक्षश्री दानबहादुर क्षेत्री
सचिवश्री शंकर आचार्य
कोषाध्यक्षश्री सूर्यमाया दर्लामी
सह-सचिवश्री रामचन्द्र घिमिरे
सह कोषाध्यक्षश्री भीमबहादुर कुमाल
सदस्यश्री कमलप्रसाद पराजुली
सदस्यश्री भक्तमालिक कट्टेल
सदस्यश्री रुद्रप्रसाद पौडेल
१०सदस्यश्री पार्वती ढकाल
११सदस्यश्री सरस्वती बगाले
१२सदस्यश्री तेजप्रसाद पराजुली
१३सदस्यश्री युवराज रिमाल
१४सदस्यश्री केशवराज पौडेल
१५सदस्यश्री विष्णु पौडेल
१६सदस्यश्री रामबहादुर पुन
१७सदस्यश्री चोकबहादुर आले
१८सदस्यश्री दिलमाया सिग्देल
१९सदस्यश्री मायाकुमारी दर्जी
२०सदस्यश्री लक्ष्मीदेवी बराल
२१सदस्यश्री उमा खत्री

लेखा समिति

क्र. सं.पदनाम,थर
संयोजकश्री तिलक प्रसाद पराजुली
सदस्यश्री भूमिराज चापागाईं
सदस्यश्री भूमिराज श्रेष्ठ

सल्लाहकार सदस्यहरू

क्र. सं.नाम,थर
श्री मदन भक्त अधिकारी
श्री महेन्द्र भक्त अधिकारी
श्री ऋषिराम घिमिरे
श्री वलराम चालिसे
श्री शोभाखर रिमाल
श्री तारापती खरेल
श्री भक्तिरमण शर्मा

निर्वाचित कार्य समितिका पदाधिकारीहरुको नामावली (२०६६/१२/३०)

क्र. सं.पदनाम,थर
अध्यक्षश्री ऋषिराम घिमिरे
उपाध्यक्षश्री ज्ञानेन्द्र सापकोटा
सचिवश्री भक्तिरमण शर्मा
कोषाध्यक्षश्री बृहस्पति तिवारी
सह-सचिवश्री नारायण प्रसाद गौडेल
सह कोषाध्यक्षश्री भिम बहादुर कुमाल
सदस्यश्री कमल प्रसाद पराजुली
सदस्यश्री केशव प्रसाद अधिकारी
सदस्यश्री सुक बहादुर कुमाल
१०सदस्यश्री सूर्य माँया दर्लामी
११सदस्यश्री पार्वती सापकोटा
१२सदस्यश्री माँया देवी घिमिरे
१३सदस्यश्री दान बहादुर क्षेत्री
१४सदस्यश्री भक्त मालिक कट्टेल
१५सदस्यश्री झम बहादुर आए
१६सदस्यश्री रुद्र प्रसाद पौडेल
१७सदस्यश्री नर बहादुर परियार
१८सदस्यश्री लक्ष्मी भट्टराई (सिग्देल)
१९सदस्यश्री कोपिला वोहरा
२०सदस्यश्री सरस्वती वगाले
२१सदस्यश्री पार्वती ढकाल

लेखा समिति

क्र. सं.पदनाम,थर
संयोजकश्री तिलक प्रसाद पराजुली
सदस्यश्री डिल्लीराज घिमिरे
सदस्यश्री हेम कुमारी क्षेत्री

सल्लाहकार सदस्यहरू

क्र. सं.नाम,थर
श्री टोलनाथ घिमिरे
श्री महेन्द्र भक्त अधिकारी
श्री मदन भक्त अधिकारी
श्री केशव प्रसाद सापकोटा
श्री वलराम चालिसे
श्री शोभाखर रिमाल
निर्वाचित कार्यसमितिका पदाधिकारीहरूको नामावली (२०६३/९/१२)
क्र. सं. पद नाम,थर
अध्यक्ष श्री महेन्द्र भक्त अधिकारी
उपाध्यक्ष श्री ऋषिराम घिमीरे
सचिव श्री भक्तिरमण शर्मा
कोषाध्यक्ष श्री हरि वहादुर कुँवर
सह-सचिव श्री कमल पराजुली
सह कोषाध्यक्ष श्री कृष्ण प्रसाद बगाले
सदस्य श्री शोभाखर रिमाल
सदस्य श्री गोवर्धन अधिकारी
सदस्य श्री वलराम चालिसे
१० सदस्य श्री नन्द प्रसाद घिमिरे
११ सदस्य श्री केशव प्रसाद अधिकारी
१२ सदस्य श्री हस्त बहादुर थापा
१३ सदस्य श्री सुक बहादुर कुमाल
१४ सदस्य श्री उमादेवी खरेल
१५ सदस्य श्री उत्तम कुमारी पौडेल
१६ सदस्य श्री तुलसी देवी आचार्य
१७ सदस्य श्री देवकी तिमीलेसीना
१८ सदस्य श्री पार्वती सापकोटा
१९ सदस्य श्री मायादेवी कंडेल (घिमिरे)
२० सदस्य श्री सूर्यमाया दर्लामी
२१ सदस्य श्री लक्ष्मी परियार
लेखा समिति
क्र. सं. पद नाम,थर
संयोजक श्री रोहणभक्त अधिकारी
सदस्य श्री तारापति खरेल
सदस्य श्री तिलकप्रसाद पराजुली
सल्लाहकार सदस्यहरू
क्र. सं. नाम,थर
श्री टोलनाथ घिमिरे
श्री मदन भक्त अधिकारी
श्री केशवप्रसाद सापकोटा
श्री ओम प्रसाद सापकोटा
श्री नारायण प्रसाद पण्डित
श्री गोपेन्द्र केशरी न्यौपाने
श्री मुक्तिनाथ तिवारी
निर्वाचित कार्यसमितीका पदाधिकारीहरुको नामावली :- (२०५९/६/२)
क्र. सं. पद नाम,थर
अध्यक्ष श्री टोलनाथ घिमिरे
उपाध्यक्ष श्री महेन्द्रभक्त अधिकारी
सचिव श्री भक्तिरमण शर्मा
कोषाध्यक्ष श्री हरिवहादुर कुँवर
सह-सचिव श्री कमल पराजुली
सह कोषाध्यक्ष श्री कृष्णप्रसाद वगाले
सदस्य श्री शोभाखर रिमाल
सदस्य श्री ऋषिराम घिमिरे
सदस्य श्री गोवर्धन अधिकारी
१० सदस्य श्री नन्दप्रसाद घिमिरे
११ सदस्य श्री वलराम चालिसे
१२ सदस्य श्री केशवप्रसाद अधिकारी
१३ सदस्य श्री हस्तवहादुर थापा
१४ सदस्य श्री सुकवहादुर कुमाल
१५ सदस्य श्री उमादेवी खरेल
१६ सदस्य श्री उत्तमकुमारी पौडेल
१७ सदस्य श्री तुलसीदेवी आचार्य
१८ सदस्य श्री देवकी तिमिल्सिना
१९ सदस्य श्री पार्वती सापकोटा
लेखा समिति
क्र. सं. पद नाम,थर
संयोजक श्री रोहणभक्त अधिकारी
सदस्य श्री तारापति खरेल
सदस्य श्री तिलकप्रसाद पराजुली
सल्लाहकार सदस्यहरू
क्र. सं. नाम,थर
श्री मदनभक्त अधिकारी
श्री केशवप्रसाद सापकोटा
श्री ओमप्रसाद सापकोटा
श्री मुक्तिनाथ तिवारी
श्री नारायणप्रसाद पण्डित
श्री गोपेन्द्रकेशरी न्यौपाने
संस्थापक समितिको नामावली (२०५२ फाल्गुन २६ देखि २०५९ आश्विन १ सम्म)
क्र. सं. पद नाम,थर
अध्यक्ष श्री टोलनाथ घिमिरे
उपाध्यक्ष श्री ज्ञानेन्द्र सापकोटा
सचिव श्री ऋषिराम घिमिरे
कोषाध्यक्ष श्री मुक्तिनाथ तिवारी
सह-सचिव श्री भक्ति रमण शर्मा
सह-कोषाध्यक्ष श्री कृष्ण प्रसाद वगाले
सदस्य श्री शोभाखर रिमाल
सदस्य श्री मदन भक्त अधिकारी
सदस्य श्री केशव प्रसाद सापकोटा
१० सदस्य श्री सुमित्रा खनाल
११ सदस्य श्री चेतमाया आचार्य
१२ सदस्य श्री वम बहादुर पुन
१३ सदस्य श्री धनिराम शर्मा
१४ सदस्य श्री गोवर्धन अधिकारी
१५ सदस्य श्री मनिराम तिमिल्सिना
१६ सदस्य श्री श्रीप्रसाद अधिकारी
१७ सदस्य श्री चोपनाथ आचार्य
१८ सदस्य श्री विष्णुहरि घिमिरे
१९ सदस्य श्री बालकृष्ण काप्री/श्री गणेश बहादुर दर्लामी(मनोनित)
लेखा समिति
क्र. सं. पद नाम,थर
संयोजक श्री मुक्तिनाथ तिवारी
सदस्य श्री भक्तिरमण शर्मा
सदस्य श्री शोभाखर रिमाल
सल्लाहकार सदस्यहरू
क्र. सं. नाम,थर
श्री ओम प्रसाद सापकोटा
श्री नारायण प्रसाद पण्डित
Scroll to Top